रौतहटः  पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी  का अध्यक्ष माधव कुमार नेपालद्वारा रौतहट जिल्लाका क्षेत्र नं १ अन्तर्गतका ७ वटा स्थानीय निकायहरूलाई  स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका छन् ।

 पूर्व प्रधानमन्त्री नेपालले रौतहटका  गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढीमाई नगरपालिका ,र गरुडा नगरपलिकालार्ई एक एक थान  भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गरेका हुन् । 

प्रति गोटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मुल्य का  सामाग्रीहरू  एक करोड नौ लाख पच्पन्न हजार छ शय चौहत्तर रुपैयाँ एकतिस पैसा मूल्य बराबरका  सामाग्रीहरु हस्तान्तरण भएका हुन् । हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताईएको छ ।  

हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र  यसको कार्टुन भित्र ट्यावलेट आकारको एक्सरे सहित मनिटर  एक थान, प्रिन्ट एक थान , प्रोव एक थान भएको  र यो भिडियो एक्स रे मेसिन झोलामा बोकेर  प्रत्येक वडाको स्वास्थ्य चौकीमा पुगेर सेवा प्रदान गर्न सकिने खालको भएको बताईएको छ  । 

यो मेसिन विशेष गरि गर्भवती महिलाहरु लाई लक्षित गरेर बनाईएको भए पनि अन्य  बिरामीको लाई पनि प्रयोग गर्न सकिने स्वास्थ्यकर्मी सुरेन्द्र ठाकुरले बताए   ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिए  लगत्तै रौतहट क्षेत्र न १ को प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले स्वास्थ्य ,शिक्षा तथा विभिन्न क्षेत्रमा चौतर्फी विकासमा समुदायको आवश्यकतालाई महसुस गर्दै सहयोग  सुरुवात गरेका हुन् । 

उक्त कार्यक्रममा पलिका प्रमुख उपप्रमुख ,प्रमुख प्रकाशकीय अधिकृतहरु र क्षेत्र न. ‘क’ का प्रदेश सभा सदस्य नागेंद्र शाह र ‘ख’ का प्रदेश सभा सदस्य कृष्णा यादव तथा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको मधेस प्रदेश अध्यक्ष एवम् स्वास्थ्य मन्त्रालयमा कार्यरत  सुरेन्द्र ठाकुरको उपस्तिथि रहेको थियो ।