धनगढीः  दक्षिण भारतको प्रशिद्ध भारत विश्वविद्यालय (इन्सिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च, बेहर) र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)बीच भागिनी सम्बन्ध स्थापना भएको छ । 

सम्झौतापत्रमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय र भारत विश्वविद्यालयका नामले परिचित बिहेरका उपकुलपति प्राध्यापक डा. बैकण्टेस बाबुले हस्ताक्षर गरे । 

सम्झौताअनुसार दुबै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामाग्री तथा पुस्तकहरु त्था अनुसन्धान सामाग्रीहरुको आदानप्रदान हुनेछ । 

‘अध्ययन, अनुसन्धानका दुबै शैक्षिक संस्थाबीच प्राध्यापकहरु तथा विद्यार्थीहरु आदानप्रदान हुनेछ ।  त्यसबाहेक शैक्षिक कार्यक्रम, पुस्तक, पाठयसामाग्री र विभिन्न अनुसन्धान प्रोजेक्टहरुमा साथमा काम गर्ने समझदारी भएको छ,’ सम्झौता पत्रमा उल्लेख छ । 

321250376_388857556770068_6627796823247743738_n

सन् १९८४ मा स्थापित भारत विश्वविद्यालयमा विश्वभरबाट १० हजारभन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत् छन् । ६०३ एकड क्षेत्रफलमा फैलिएको विश्वद्यालयलय अन्तर्गत भारत मेडिकल कलेज र हस्पिटल,  बालाजी कलेज अफ नर्सिङ, बालाजी मेडिकल कलेज एण्ड हस्पिटल, श्री लक्ष्मी नारायण इन्सिच्युट अफ मेडिकल साइन्सलगायत शैक्षिक संस्था आवद्ध छन् । यस्तै बिहेरमा इन्जिनियरिङ एण्ड टेक्नोलोजी, कानुन, फार्मेसी, मिडिया, आर्टस एण्ड साइन्सलगायतका विषयहरुमा अध्ययन अध्यापन हुन्छ ।  

सम्झौताअनुसार अब प्राज्ञिक अध्ययन अनुसन्धानका लागि दुबै शैक्षिक संस्थाका प्राध्यापकहरु एक अर्को ठाउँमा जानेछन् । दुवैतर्फका विद्यार्थीहरु एक अर्का संस्थामा अध्ययन गर्न पाउनेछन् । पाठ्यपुस्तक, वैज्ञानिक प्रकाशनहरु, एकेडेमिक प्रोजेक्टहरु, सेमिनारहरु आदानप्रदान हुनेछन् । एकअर्का शैक्षिक संस्थाका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँने समझदारी पनि भएको छ ।

Bharat uni 1

सम्झौता कार्यक्रमपश्चात एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्यसहित एसपीएले दक्षिण भारतकै प्रशिद्ध विश्वविद्यालयसँग भागिनी सम्बन्ध स्थापना गरेको बताए । 

‘एसपीएलाई अध्ययन अध्यापनको थलो बनाउँनका लागि र अनुभव आदानप्रदान तथा विशेषज्ञहरुको विशेषज्ञतालाई सदुपयोग गर्नका लागि हामीले दक्षिण भारतको अतिप्रशिद्ध विश्वविद्यालयसँग सम्झौता गरेका छौं,’ क्याम्पसप्रमुख उपाध्यायले भने, ‘ उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्य एसपीएले लिएको छ । यस समझदारीले विद्यार्थी, प्राध्यापकको अनुसन्धानात्मक क्रियाकलापमा सहयात्राको भूमिका निर्वाह गर्ने विश्वास छ ।’ 

भर्चुअल रुपमा भएको सम्झौता कार्यक्रममा बिहेर विश्वविद्यालयका सहायक उपकुलपति प्रा.के विजय भाष्कर राजु, डिन डा. अहमद हुसैन समेत उपस्थित थिए । यस्तै एसपीए कलेजकातर्फबाट क्याम्पस प्रमुख उपाध्यायसँगै उपप्राध्यापक तथा क्यूएए फोकल पर्सन जगन्नाथ जोशी र कलेजकी क्लब फेसिलिएटर तथा जनसम्पर्क अधिकृत अर्पणा गुप्ताको समेत उपस्थिति रहेको थियो ।