धरानः पर्यटकीयस्थल भेडेटारमा ३ दिने फुड फेष्टिबल हुने भएको छ ।

अंग्रेजी नयाँ बर्षलाई लक्षित गरी होटल एसोसिएसन अफ भेडेटारले फुड फेष्टिबल गर्ने तयारी गरेको हो । फेष्टिभल पुस १६ देखि १८ गतेसम्म हुनेछ । 

शनिबार पत्रकार सम्मेलन गर्दै फेस्टिवल स्थल साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म रहने आयोजकले जनाएको छ । 

होटल एसोसिएसन आफ भेडेटारकी कार्यबाहक अध्यक्ष शान्ती मादेन श्रेष्ठले फेष्टिवलमा २५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको  बताइन् । करिव १ करोडको आर्थिक कारोबार गर्ने उनले बताइन् । 

फेस्टिवलमा पर्यटकीय स्थलहरुमा चाल्र्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सुर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, नाम्जेको होम स्टे, डाँडाबजारस्थित ध्वजे डाँडा, ओख्रे भ्यु टावरलगायत स्थलहरु रहने आयोजकले जनाएको छ ।

 फेस्टिवल अवधिमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ ।  साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिकाले पर्यटनको विकास र प्रवद्र्धनमा प्राथमिकता दिएको बताए ।