धरानः धरान उत्सज तीन दिन मनाइने भएको छ ।
बुधबार उपहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै धरान उत्सव तीन दिन मनाउने जनाएको हो ।
धरान उत्सव धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा हुनेछ । उत्सव २० वर्ष सुरु भएर २२ गते समापन हुनेछ । नगर प्रमुख राई धरानको पर्यटन विकास उत्सवले सहयोग गर्ने बताए ।
नगरका कार्यालयका अनुसार २२ लाख लागतमा उत्सव मनाउने तयारी गरिएको हो । उत्सवमा व्यापारिक, विभिन्न जातीय समुदाय तथा सङघसंस्थाहरुले मौलिक सँस्कृति झल्कने स्टलहरु पनि राखिनेछ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिइने छ । उत्सवमा साहित्यिक, साँस्कृतिक कार्यक्रमहरु पनि हुनेछन् । उत्सवमा भगिनी सम्बन्ध गाँसिएको नगरहरुलाई आमन्त्रण गरिनेछ ।