इटहरीः धरान उपमहानगर भित्र नगर बस सञ्चालनको माग गर्दै स्वतन्त्र नागरिकहरुको समुहले बिहिबार उपमहानगरमा ज्ञापन पत्र बुझाएको छ । 

धरान उपमहानगरपालिकाका प्रवक्ता एंव वडा नम्बर १७ का वडा अध्यक्ष सुर्य भट्टराईलाई ज्ञापन पत्र बुझाएको धरानबासी संचारकर्मी महेश श्रेष्ठले जानकारी दिए । 

धरान नगरभित्र गुड्ने गरी नगरबसको माग गर्दै हाम्रो धरान सरोकार समाज नामक फेसबुक ग्रुपमा गरिएको आव्हानको आधारमा भेला भएका नागरिकहरुले ज्ञापन पत्र बुझाएका हुन । 

कुनै संस्था तथा ग्रुपको तर्फबाट नभई स्वतन्त्र नागरिकको तर्फबाट धरानको आवश्यकतालाई औल्याउँदै ज्ञापन पत्र बुझाइएको संचारकर्मी श्रेष्ठले बताए । 

नगर यातायात (बस) सेवाको माग गर्दै बुझाइएको ज्ञापन पत्र बुझ्दै  धरान उपमहानगरपालिकाका प्रवक्ता एवं १७ नं. वडाका अध्यक्ष सूर्य भट्टराई (मनोज) ले  सकारात्मक प्रतिक्रिया दिएको र धरानको लागि नगरबस आवश्यक भएको भन्दै आगामी कार्यपालिकाको बैठकमा राख्ने आवश्वासन दिएको बताइएको छ ।