शेरबहादुर परियार

 युरोपः नेपाल पर्यटन बोर्डले नर्दन आयरल्यान्ड युकेको नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ । बोर्डले युकेमा लामो समयदेखि बस्दै आएका उमेशराज मोक्तानलाई आगामी ४ बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो । 

सुनसरी जिल्लाको धरानका मोक्तान विगत २७ बर्ष देखी युकेमा बस्दै बिभिन्न सामाजिक कार्यमा संलग्न छन् । पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रुपमा नर्दन आयरल्यान्ड युकेमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भूमिका हुनेछ । 

IMG-20221229-WA0001

मोक्तानले नेपाल सरकारको कुनै परिभाषित जिम्मेवारी नलिएर पनि देशका लागि पर्यटनमा सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताए । उनले नेपालको पर्यटनको प्रर्वधनको लागि अझ सकृय रहेर काम गर्ने प्रतिबद्धता जनाए । 

लेबर पार्टीको स्थानीय नेतृत्वमा समेत रहेका मोक्तान नेपाली कलाकार संघ ,एनआरएन ,यति नेपाल,एभरेष्ट समाचार लगायत युकेका बिभिन्न संघ संस्थामा आबद्ध छन् । उनी नेपाली सांस्कृतिक पर्यटनलाई युकेमा प्रवद्र्धनका लागि परिचित छन्।