इटहरीः  आउँदो माघ १ गते झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ को आयोजनामा झापाको बाहुनडाँगीमा तरुल उत्सव हुने भएको छ । 

स्वस्थ जीवनको आधार, मौकिल तथा जैविक आहार विहार भन्ने मुल नाराका साथ मेचीनगर नगरपालिका वडा नम्बर ४ मा तरुल महोत्सवको आयोजना गर्न लागिएको त्यहाँका वडा अध्यक्ष अर्जुन कुमार कार्कीले बताएका छन् । 

हात्ती आतंकबाट आक्रान्त बनेको बाहुनडाँगीमा प्रकृति प्रेमीको रुपमा मानिएका वडा अध्यक्ष अर्जुनकुमार कार्कीले जैविक आहार विहारको प्रयोगलाई बढाउन तरुल महोत्सवको आयोजना गर्न लागेको बताए । तरुल मानवसभ्यतासँग जोडिएको भएकाले पनि यसलाई हाम्रो मौलिकतासँग जोड्न र युवालाई तरुलको महत्वको बारेमा जानकारी गराउने उदेश्यले तरुल उत्सवको अवधारणा ल्याएको वडाअध्यक्ष कार्कीले बताए । उनले विशेषत मेचीनगरका विद्यालयहरु र त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई तरुल महोत्सवमा सहभागी गराउने लक्ष्य लिएको  बताए । 

अधिकांश स्थानमा हात्ती लाग्ने भएको तरुल र हात्तीको सम्बन्ध जोड्नका लागि पनि  र , खाली जमिनमा सदुपयोग गर्दै किसानको आयस्रोत समेत बढाउने उदेश्य तरुल उत्सवको हुने बताइएको छ । 

नेपाली संस्कृतिमा तरुलको उपयोग नहुने हो भने नेपाली पनको समेत आभास नहुने र यसलाई प्रमोट गर्न पनि तरुल उत्सवको  आयोजना गरीएको आयोजकले बताएका छन् । उत्सवमा मेचीनगर भरिका बिभिन्न जाति प्रजातीका तरुलहरु र कलाकार काउली बुढी  र फुल्देकी आमाको समेत प्रस्तुती रहने बताइएको छ ।