इटहरीः आफुखुसी साइलेन्सर परिवर्तन गरी सडकमा ध्वनी प्रदुषण गर्ने बुलेट मोटरसाइकललाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

मोटरसाइकको जथाभावी स्वरुप परिवर्तन गरी सञ्चालन गरेका बुलेट मोटरसाईकललाई कारवाही गरेको हो । 

प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलय इटहरीका डिएसपी श्याम सारु मगरका अनुसार आइतबार मात्रै प्रहरीले ३२ थान मोटरसाइकललाई कारवाही गरेको छ । उनिहरुले जथाभावी साईलेन्सर परिवर्तन गरी ध्वनी प्रदुषण गराएको प्रहरीको आरोप छ । 

323425932_1175342516408884_886909441759201042_n

४१ थान बुलेट मोटरसाईकललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नियन्त्रणमा लिई पहिलो चरणमा साईलेन्सर पाईप परिवर्तन गरी÷गर्न लगाई सचेत गराएको बताएको छ । पुन सोही मोटरसाइकलले ध्वनी प्रदुषण गरेको पाइएमा अर्को चरणको कडा कारवाही गरिने प्रहरीको भनाई छ । 

ट्राफिक प्रहरीले कारवाही गरेका मध्ये ४ वटा मोटरसाइकलले अन्य स्वरुप परिवर्तन गरेको पाईएको र अन्य ३७ वटा मोटरसाइकलले साईलेन्सर परिवर्तन गरेको पाइएको प्रदेश प्रहरी कार्यलय इटहरीका डिएसपी श्याम सारु मगरले जानकारी दिए । 

४ दिन देखिको अपरेसनका क्रममा ४१ थान मोटरसाइकल कारवाहीमा परेको र यो निरिक्षणको क्रम जारी नै रहेको मगरको भनाई छ ।

324570091_1523726841436990_7020865622875589884_n