इटहरीः बैँकिङ कसुर गरेको अदालती पैmसला पछि फरार भएकी इटहरी ९ की सीताकुमारी भेट्वाल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसुर मुद्दा र चेक अनादर मुद्दामा फरार रहेकी सीतालाई प्रदेश नम्बर १ प्रहरी कार्यलय विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । भेट्वाल बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगरबाट गत असार १ गते ५ लाख जरिवानामा गरेको थियो भने चेक अनादर मुद्धामा ३ महिना कैद र ३ हजार जरिवाना समेत सुनाएको थियो ।
दुवै निर्धारित फैसला चुक्ता गर्नुपर्नेमा सीता फरार थिइन । जरिवाना बेरुजु रही फरार रहेकी पोखरेललाई गाँउघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरेको थियो । अदालतले उनलाई पुन कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।