इटहरीः बारम्बार हात्तीको समस्याले प्रताडित भएका झापाको बाहुनडाँगीका बासिन्दालाई मेचीनगर ४ का वडा अध्यक्ष अर्जुन कार्कीको अग्रसरतामा समाधानको पहल भइरहेको छ ।
बुधबार बाहुनडाँगीमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम प्रमुख डा.नरेश सुवेदी, उज्यालो नेपालका रमेश थापा, संविधान सभा सदस्य रविन कोइराला, अन्तर्राष्ट्रिय संस्था यु.एस. फिसका प्रतिनिधिहरुको टोली बुधबार झापाको बाहुनडाँगी पुगेको छ ।
हात्तीका कारण बाहुनडाँगीबाट बासिन्दाले भोग्नु परेको समस्यालाई वडा अध्यक्ष कार्कीले डेलिगेसन प्रतिनिधिमाझ राखेका छन् ।
वर्षौदेखि हात्तीको समस्याबाट प्रताडित बनेका बाहुनडाँगी वासीले हात्तीका कारण भोग्नुपरको समस्या र त्यसकोे दिगो समाधानको उपाय खोज्न उक्त टोली बाहुनडाँगी आइपुगेको हो ।
भारत र नेपालको बोर्डर एरियामा राखिएको सोलार फेन्सिङले केही हदसम्म हात्ती नियन्त्रण भएको भएपनि पछिल्लो समय सोलार फेन्सिङ विग्रीन थालेको र समयमा मर्मत नहुँदा बाहुनडाँगी बासीलाई दुःख दिन थालेको कार्की बताउँछन् । त्यसो त हात्ति नियन्त्रणमा नगरबाटै यसपालि कार्कीको पहलमा राम्रो बजेट छुटाइएको छ ।
प्रकृति संरक्षणको अभियानमा लामो समय काम गरेका वडाध्यक्ष कार्की हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न दीर्घकालिन योजना बनाएर अघि बढनुको विकल्प नभएको बताउँछन् ।
बाहुनडाँगीमा दैनिक जसो हुने मानव र हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न वडाले न्यूटन कार्कीको संयोजकत्वमा ३१ सदस्यीय रेपिड रेस्पोन्स टिम गठन गरेर काम सुरु गरेको गरेको छ ।
रेपिड रेस्पोन्स टिमले पहरेदारको काम गर्दै आएको र यसले मानव र हात्ती द्वन्द्वलाई केही हदसम्म घटाएको रेपिड रेसपोन्स टिमको भनाई छ ।
छलफको क्रममा संविधान सभा सदस्य कोइराला ले किसानले क्षति अनुसारको राहत समेत पाउन नसकेको बताएका थिए । हात्ती नियन्त्रणको लागि तटबन्धन एक मात्र भरपर्दो उपाय भएकोले त्यस तर्फ लाग्न सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।