प्रकाश बन्जारा  

 इटहरीः भुकम्पको धड्का महशुस भयो , त्यसो हुँदै गर्दा बच्चाहरु झुप्रा घरभित्र पढ्दै थिए भने अभिभावकहरु एक आपसमा गफ गर्दै थिए । अचानक आएको भुकम्पको धक्काले सबै बाहिर निस्किए र चिच्याउन थाले । घरहरु केही चर्किए भने केही भत्किन लागेका देखिए । एक जना वृद्ध घरबाट निस्किए र प्रहरीलाई फोन गरे । लगत्तै प्रहरी कन्ट्रोलले आफ्नो टोली घटना स्थलमा पठायो । लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल आर्मीको टोली घटना स्थलमा आयो । बच्चाहरु पढ्दै थिए । भने अभिभावकहरु बसिरहेका थिए । 

टोली आउना साथ घाइतेहरुको उद्धारमा लाग्यो । नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घटनाको सुक्ष्म निरिक्षण गर्नुका साथै स्टेचरबाट घाइतेहरुको उद्धार गर्न तिर लाग्यो । प्रहरीको टोली घाइतेको उद्धार गर्न के लागेको थियो । त्यसैबेला विद्युत सट भएर आगलागी भयो । 

आगलागी हुनासाथ दुहवी नगरपालिका र रामधुनी नगरपालिकाका २ वटा दमकललाई खवर गरियो साथमा नेपाल रेडक्रस सोसाइटी र रामधुनी नगरपालिका वडा नम्बर ५ को एम्बुलेन्स पनि घटना स्थलमा आए । 

325313112_754366465558262_6893622752102114533_n

आगलागीको नियन्त्रण पछि नेपाल रेडक्रस सोसाइटी झुम्का उपशाखा र रामधुनी नगरपालिकाले पिडितहरुलाई राहत वितरण गर्यो । घटनाको निरिक्षण गर्न सुनसरी जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समेत उपस्थित भए । यादवले केही पिडितलाई राहत बाँड्न भ्याए । राहत बाँडिरहेकै बेला नेताहरुले आफ्ना मान्छेलाई मात्रै राहत बाँडेको आरोप पनि लाग्यो । 

हेर्दा साच्चीकै भएको घटना जस्तै देखिने यो शनिवार जिल्ला विपत व्यवस्थापन समिति सुनसरीले आपतकालिन अवस्थाका कसरी उद्धार र राहतको कामगर्न सकिन्छ भनेर गरेको एउटा रिहल्सन मात्रै हो । 

३ दिन देखिको तयारीमा सुनसरी जिल्लाका तीन वटै सुरक्षा निकायका पदाधिकारी र रामधुनी नगरपालिका, दुहवी नगरपालिका र गढी गाउँपालिकाको सहयोगमा जिल्ला विपद व्यवस्थापन समिति सुनसरीले आयोजना गरेको कार्यक्रमको झलक हो । 

323539075_889654132386930_8133274989378287278_n

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित पदाधिकारी, दुहवी नगरपालिकाका मेयर र उपमेयर, गढी गाउँपालिकाका अध्यक्ष साथै रामधुनी नगरपालिकाका मेयर उपमेयर लगायत एक हजार भन्दा बढी सर्बसाधारणको भिड थियो । । कार्यक्रम उपस्थित भएर सहयोग गरेकोमा रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले सबैलाई धन्यवाद दिएका थिए ।

324492433_880408779843487_7820125444436517428_n