काठमाडौंः आज पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाका बिषयमा सत्य तथ्य जाँच गर्न सरकारले आयोग गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच आयोग पनि गठन गरेको छ ।
दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो ।
आयोगमा सदस्यहरु हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र सदस्य सचिव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।