काठमाडौंः  पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । प्रजिअ अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाउने अधिकांश नेपाली रहेका छन् । ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७३ जना सवार विमान दुर्घटनामा नेपाली ५३ जना रहेका छन् । जसमा महिला २५, पुरुष ३७, बालक तीन र शिशु तीन रहेका छन् । यसैगरी, भारतीय पाँच, रुसी चार, आइरिस, अस्ट्रेलियाली, अर्जेन्टिनी र फ्रान्सेली एक–एक जना तथा कोरियाली दुई जना छन् । जसमा छ जना शिशु पनि रहेका छन् ।

उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ थिए ।

साथै, स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले थिए ।

324477779_1104618136900340_3753822210339415618_n

त्यसैगरी, उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना सवारी थिए । अन्य यात्रीमा  सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा.शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए ।

विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो,  रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे थिए ।

साथै, शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा,  बेबी शर्मा हुनुहुन्थ्यो भने बाँकी दुईजना शिशुहरुको नाम खुलेको छैन । रासस