इटहरीः आइतबार गण्डकी प्रदेशको  पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्नेमा विराटनगरकी अन्जु खतिवडा समेत परेकी छन् । उनि सो विमानको को–पाइलट थिइन् । 

अन्जु खतिवडाका पति दिपक पोखरेलको यति एयरकै जहाज दुर्घटनामा मारिएका थिए भने अन्जु भने आइतबार काठमाण्डौबाट पोखराको यात्रामा थिइन । 

भारतबाट प्लस टुको अध्ययन सकाएकी अन्जुले दिपकको मृत्यु पछि पाइलट पढेको खुलेको छ । अमेरिकामा पाइलट पढेर नेपालमा जागिर खान थालेकी अन्जुले हालसम्म सय घण्टा भन्दा बढि जहाज उडाएको अनुभव संगाली सकेकी थिइन ।  

आइतबार मुख्य पाइलट कमल केसी रहँदा अन्जु भने को पाइलटको रुपमा सवार भएको खुलेको छ । केसी २० बर्ष भन्दा लामो अनुभव भएका अनुभवी पाइलट भएपनि के कसरी दुर्घटना हुन गयो त्यो भने खुलेको छैन । केसीले प्रशिक्षण गराइरहेकी अन्जुले आइतबारबाट उडान पछि प्रशिक्षणको प्रमाणपत्र पाउने उडान रहेको स्रोतले बताएको छ । 

आइतबार दुर्घटना ग्रस्त भएको जहाडका पाइलट केसीले २० बर्ष देखि यतिको जहाज उडाउँदै आएका थिए । 

आइतबार भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको कास्की प्रहरीले प्रमाणित गरेको छ ।