इटहरीः नेपाली आकाशलाई अन्तराष्ट्रिय क्षेत्रले असुरक्षित भनिरहँदा एउटा हवाईजहाज कम्पनी यति एयरलायन्सका मात्रै २४ बर्षमा १४ वटा जहाज दुर्घटना भएका छन् ।  

धेरै जसो नेपाली आन्तरिक उडानमा प्रयोग भएका जहाजहरु पुराना विदेशमा धेरै समय उडिसकेका जहाज ल्याउने र यहाँ उडाउने गर्दा बढि दुर्घटना भएको विज्ञहरको भनाई छ । ट्वीनअटर बिमानहरु धेरै दुर्घटना भएका छन् भने हालसम्म एकल इन्जिनका जहाज मात्रै ८ वटा दुर्घटना भइसकेको नागरिक उड्ययन प्राधिकरणको डेटाले बताउँछ । 

हाल सम्म विदेशी विमान १० वटा र ३६ वटा हेलिकोप्टर दुर्घटना भएका छन । व्यावसायीक उडान गरीरहेका जहाज मध्ये हालसम्म ५० वटा बिमान नेपालमा दुर्घटना भइसकेका छन् । नेपालमा जहाज दुर्घटनाबाट हालसम्म ९ सय जनाको मृत्यु भइसकेको र हालसम्म १०४ वटा बिमान दुर्घटना भएको इतिहाँसले बताएको छ । 

सिंगल इन्जिन भएका जहाज दुर्घटना हुने सम्भावना बढि हुने बताइन्छ यद्यपि बारम्बार आवाज उठ्दा समेत यस्ता जहाज उडाउने अनुमति रोक्ने कानुन बन्न सकेको छैन । आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो । 

गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको यति समूहकै तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । यस अघि २०१६ को फेब्रुअरीमा पोखराबाट जोमसोम उडेको तारा एअर, २०१४ को फेबरुअरीमा पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान २०१२ सेप्टेम्बरमा काठमाडौंबाट लुक्ला उडेको सीता एअरको विमान,सोही वर्षको मेमा भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयर, दुर्घटना भएका छन् ।