इटहरीः पोखराका पत्रकार त्रिभुवन पौडेलको यति एयरलायन्सको जहाज दुर्घटनामा निधन भएपछि नेपाल पत्रकार महासंघले देशभर शोक मनाउने भएको छ । 

पत्रकार पौडेलको   विमान दुर्घटनामा निधनले महासंघ स्तब्ध र शोकमग्न भएको भन्दै  १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको हो । 

 नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको छ । पौडेलको निधनले नेपाल पत्रकार महासंघ स्तब्ध र शोकमग्न भएको भएको भन्दै महासंघले  दुख व्यक्त गरेको छ । 

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए  । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान गरिसकेका थिए । 

322065019_1052604499475797_8603873234167816934_n

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका  पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा र विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका थिए । पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत थिए  । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन् । 

पौडेलको निधनले  नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको पत्रकार महासंघले बताएको छ  

‘नेपाल पत्रकार महासंघ स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

322695202_2428553333960768_8150902039728160141_n