इटहरीः आइतबार बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको यति एयरलायन्सको जहाज दुर्घटनामा पनि एयर ट्राफिक कन्ट्रोलरकै परिवारको पनि मृत्यु भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) अधिकृतको रूपमा कार्यरत सरु शमाले पति, सासुआमा र छोरा छोरी लाई संधैका लागि गुमाएकी छन् । 

आँफैले चढाएर काठमाण्डौबाट बिमान चढाएर पोखरा पठाएको विमान दुर्घटनामा आफ्नै परिवार परेको थाहा पाउने मध्ये सरु पनि एक हुन । 

दुर्घटनामा पनि सरुकी  सासु आमा ६३ वर्षीया जमुना शर्मा, पति ४० वर्षीय युवराज , छोरी १३ वर्षीया आरुबी र छोरा पाँच वर्षीय बेबीको समेत ज्यान गएको छ । 

 ३६ वर्षीया सरु आफ्नो काम सम्हाल्न ‘एयर ट्राफिक कन्ट्रोल रुम’ मा पुगेको केही क्षणमा नै अप्रिय खबर सुनेपछि निकै बेर असह्य भइन । 

आइतबार पोखराको सेती नदीको खोचमा दुर्घटनामा परेको यति एयरलाइन्समा सवार ७२ जनामध्ये ६९ जनाको शव निकालेर अस्पतालमा लगिएको छ भने बाँकी तीन वटा शव भीरबाट निकाल्ने काम भइरहेको छ ।

पर्वतको यो परिवारका आमा छोरा र नाती सहित एकै खोँचमा परेर ज्यान गुमाएका छन् । शर्मा परिवार पर्वतको बिहादी गाउँपालिका–५ उराम पोखरा घर भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका थिए । परिवार सबै सखाप भएपछि सरुलाई सबैको चोट थपिएको छ ।  

खासमा सरुको परिवारको काठमाडौं बसाइ भए पनि उनीहरू दशैँतिहार जस्ता चाडबाड र विशेष अवसरमा गाउँमा जाने गर्थे । सोही अवसरमा माघी मनाउँन जाँदै गर्दा उक्त दुर्घटना भएको थियो ।