काठमाडौँः आज हुने मन्त्री परिषद विस्तारमा माओवादी केन्द्रले भोजपुरबाट निर्वाचित युवा प्रखर नेता सुदन किराँती र निरन्तर चुनाव जितिरहेका मोरङका अमनलाल मोदीलाई मन्त्री बनाउने निर्णय गरेको छ । 

किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य  प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । किराँतीले प्रदेश नम्बर १ का पहिला मुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका थिए । 

313128224_485478720307646_3727543088344845902_n

माओवादी केन्द्रले रेखा शर्मालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको छ । उनले एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई संघीय निर्वाचनमा पराजित गरेकी थिइन् । 

नवनियुक्ती मन्त्रीहरुको आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहणको कार्यक्रम तय भएको छ । सपथ पछि आजै नयाँ मन्त्रीहरुले आ आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्ने कार्यक्रम छ । आजै दिउँसो ४ बजे उच्च स्तरीय राजनितिक संयन्त्रको समेत बैंक बस्ने कार्यक्रम तय भएको छ । 

325477376_1837529409959795_6968038328209389257_n