काठमाण्डौः टिकटकमा चर्चा कमाएका अमेरिका निवासी नेपाली हरि परियारको ४ जना परिवारले नै आइतबारको विमान दुर्घटनामा परेको छ । 

यति एयरलायन्सको जहाज आइबातर सेतीको खोँचमा झर्दा चेक चेक चेक हरि परियार इज ब्याक भन्दै टिकटकमा चर्चा कमाएका हरि परियारको परियार कहिल्यै नफर्किने गरी व्याक भएका छन् । 

काठमाडौं स्वयम्भुका परियारसहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृस परियारले आइतबार एकै ठाउँमा जिन्दगीको अन्तिम श्वास फेरे । 

नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटिआर विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको पुष्टि गरेको छ । भने २ जनाको शव अझै भेटिएको छैन । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । ३ जना गोताखोरसहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट पोखरा पठाएको थियो । 

उनका अनुसार २५ जनाको शव सनाखत गरिएको छ । शव पोष्टमार्टम गण्डकी अस्पतालमा भइरहेकोमा मंगलबार भने काठमाण्डौ लगेर उतैबाट पोष्टमाटक गराउने तयारी भइरहेको प्रहरीले बताएको छ ।