इटहरीः 

म– बुवा म मन्त्री हुने भए छु । 

बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो ?

 म – हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)

बुवा– मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?

– पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग¥यो।

 बुवा– राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें !

  – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो । 

बुवा– हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू । 

म – पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए । 

बुवा– म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो !

-‘बुवा  जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो। आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक ।’

यी शव्द नेकपा माओवादी केन्द्रबाट प्रतिनिधि सभामा सांसद बनेका सुधन किराँतीले आफ्नो सामाजिक संजालमा राखेका शव्द हुन । आफु मन्त्री बन्ने खवर बुवालाई सुनाएपछि बुवाले देखाएको प्रतिक्रिया किराँतीले शव्दका व्याख्या गरेका छन् । 

भोजपुरबाट सांसद बनेका सुदन किराँती मन्त्री बन्ने खवर सुनेपछि उनका बुवा हर्कराज राईको आखाँबाट खुसिका आँशु बगे ।  

anju khatiwoda  1

७५ बर्षीय हर्कराज राई नेकपा माओवादीको सशस्त्र जनयद्धमा होमिएर मन्त्री सम्म बनेपछि भोजपुरमा आशाको दियो जलेको छ भने परिवारका खुसी ।  

पुष्पकमल दाहाल नेतृत्वको सरकारले  मंगलबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा किराँती पर्यटन मन्त्री बन्ने भएपछि आफुमन्त्री हुने खवर बुवालाई सुनाएका थिए । 

प्यारालाइसिसका कारण अहिले ओछ्यानमै रहेका बुवा हर्कबहादुर राइले आखाँ बगाए र भाबुक भने । किराँतीले भनेका छन् । बेलायती सैनिकमा रहँदा थुप्रै युद्धहरु लडेका  हर्कबहादुरले छोरो मन्त्री हुने खवरले आफ्नो पिडा समेत बिर्सन सके । छोराको कुरा सुनेर बुवा हर्कबहादुर भावुक बने।

सुदन किराती माओवादी सशस्त्र युद्धमा भूमिगत भएका किराँती झन्डै १ वर्ष  जेल परेका थिए । तर जनयुद्धकै उपलव्धी भनौ  पहिलो संविधान सभा, २०७४ र अहिले गरी उनी तेस्रो पटक सांसद बनेका छन् ।तर मन्त्री भने पहिलो पटक आज बन्न लागेका किराँतीले आफ्नो सामाजिक संजालमै बुवासंग भएको सम्बादलाई जस्ताको तस्तै राखेका छन् ।