विराटनगरः मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको वेतिनि सीमसारप्रती पर्यटकको आकर्षण बढ्न थालेको छ । वेतिनि सामुदायिक वन उपभोक्ता समूहले संरक्षण एवं व्यवस्थापन गर्दै आएको सिमसारमा आन्तरिक तथा वाह्रय पर्यटक घुम्न तथा पिकनिक खान आउने गर्दछन् । अहिलेको सिजनमा दैनिक दुईसय भन्दा बढी आन्तरिक तथा वाह्रय पर्यटक त्याहा पुग्ने गर्दछन् ।

५५ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसारमा चारवटा पोखरी रहेका छन् । चारकोषे जङ्गलभित्र रहेको सिमसारमा विभिन्न मनोरम दृश्य रहेका छन् । सिमसारमा पर्यटकहरूको आकार्षणकालागी फोटो स्टेसन, थ्रीडी पेन्टिङ, सेल्फि डाँडा, पिकनिक स्थलको निमार्णको काम लाई अघि बढाएको वेतिनि सामुदायिक वन उपभोक्ता समहुका कोषाध्यक्ष अर्जुन बास्तोलाले बताए ।

सीमसारले पैदल पथ निमार्ण तथा वन्यजन्तु आरक्षण केन्द्रको अवधारणा समेत अघि बढाइएको छ । सिमसारमा रहेका पानीका मुहान तथा हरियाली फाटहरुले त्यस क्षेत्रको आकर्षणलाई थप उजागर बनाएको छ ।

betini-simsar

सीमसारको व्यवस्थापनका लागी उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको तथा प्रदेश र सङ्घीय सरकारसँग विभिन्न योजना माग गरेको बास्तोलाले बताए । सिमसारमा पाचवषै गुरु योजना बनाएर थप व्यवस्थित गर्ने काम भइरहेको उनको भनाई छ ।

पूर्व पश्चिम राजमार्ग देखी दुई किलोमिटर उत्तरमा रहेको सिमसारमा पर्यटकहरू आउन थालेपछि चहलपहल वढन थालेको स्थानीय मन्जु गिरीको भनाई छ । चहल पहल बढेपछि सिमसार पुग्ने बाटो कालोपत्रे हुन थालेको तथा सो क्षेत्रमा बजार समेत विस्तार हुन थालेको उनको भनाइ छ ।

सीमसारका पोखरीमा माछापालन तथा सामुदायिक भवन निमार्णका लागी प्रदेश सरकारसँग पहल भइरहेको छ । सिमसारमा विवाह व्रतबन्ध तथा सामाजिक कार्यकालागी सामुदायिक भवन आवश्यक रहेको स्थानीयको भनाई छ ।

सिमसार व्यवस्थित गर्न डिभिजन वन कार्यालय विराटनगरले समेत विभिन्न प्रकारका सहयोग गर्दै आएको छ । सीमसारलाई हराभरा र स्वच्छ बनाउन वृक्षारोपण तथा सरसफाइको काम समेत हुँदै आएको छ ।