प्रकाश बन्जारा 

इटहरीः यहि फागुन ११ गते बिहिबारबाट धरानमा सुरु हुन लागेको धरान एक्सपो अन्तराष्ट्रिय स्तरको हुने भएको छ । 

प्रदेश पोर्टलसँगको कुराकानीमा धरान एक्सपोका स्टल व्यावस्थापन संयोजक विष्णु बरालका अनुसार डोम प्रविधिबाट पहिलो पटक धरानमा स्टल राख्न लागिएको बताएका छन् । 

डोम प्रविधिका ७० वटा स्टल रहने र जम्मा १३० वटा स्टल रहनेगरी एक्सपोको तयारी भएको बरालले बताए । धरानका रैथाने सामाग्रीलाई प्राथमिकता दिएर धरानको सुनसरी उद्योग वाणिज्य संघले एक्सपोको आयोजना गर्न लागेको र सुनसरी भरीकै उद्यमीहरुको व्यावसाय प्रवद्र्धन गर्न धरान एक्सपो महत्वपुर्ण हुने बरालको दावी छ । 

एक्सपोका स्वास्थ्य सम्बन्धिका स्टलहरु पनि राखिने र त्यहाँ डाइटिसियनद्धारा खाद्य प्रणालीको ज्ञान दिने भिजिटरहरुको शरिरको सुगर जाँच गर्ने र दैनिक त्यसको रिपोर्ट समेत दिने गरी तयारी भइरहेको स्टल व्यवस्थापन संयोजक बरालले बताए । 

हालसम्म भएका महोत्सव भन्दा मौकिल र फरक प्रकारको बनाउनका लागि मौरीका मह, अर्गानिक उत्पादनका साथै साहित्य सम्बन्धि स्टल समेत राखिने र साहित्यका कितावको समेत प्रदर्शनी र बिक्रि वितरण गरिने आयोजकले बताएका छन् । 

एक्सपोमा बैँक तथा वितीय संस्थाका साथै धरानका घरेलु उत्पादन सुकुटी , माछाको अचार, जस्ता सामाग्रीहरु समेत राखिने भएको छ । यसका साथै अन्तराष्ट्रियस्तरको बनाउनका लागि पाकिस्तानमा उत्पादन हुने छालाका उत्पादन,  बंगलादेसमा उत्पादन हुने गार्मेन्टका उत्पादनका साथै भारतमा उत्पादन हुने सामाग्रीहरुका समेत स्टलमा राखिने बरालले जानकारी दिए  । 

उनका अनुसार धरानलाई फुलवारीको शहर भनेर चिनाउनका लागि बिभिन्न प्रकारका फुलका सामाग्री समेत स्टलमा राखिने  छ भने  दैनिक उपभोग्य सामाग्रीहरु बाहिर भन्दा छुट मुल्यमा स्टलबाट उपलव्ध हुने छ  । एक्सपो भरी धरान आउने भिजिटरलाई सस्तो मुल्यमा होटल उपलव्ध गराउनका होटलको स्टल समेत राखिने संयोजक बरालले जानकारी दिए ।  

पहिला पहिलाका एक्सपोहरुमा ५० भन्दा बढी स्टल होटलमा राख्ने गरेकोमा यसपाली होटलका स्टल घटाइएको र जम्मा १२३ वटा स्टल रहने छन । प्रदेश १ का मुख्य मन्त्री हिक्मत कार्कीबाट उद्घाटन हुने एक्सपो समापनका लागि पर्यटन मन्त्रीलाई आमन्त्रण गर्ने तयारी हुँदै गरेको आयोजकले बताएका छन्  । 

अन्य ग्रिल व्यावसायीको स्टल समेत रहने र त्यहाँबाट जानकारी मुलक सुचना लिन सकिने साथै हरेक दिन राष्ट्रिय स्तरको कलाकारबाट मनोरन्जनात्मक प्रस्तुती गराइएको सुनसरी उद्योग वाणिज्य संघले बताएको छ ।