इटहरीः प्रदेश १ को शहर धरानमा झण्डै एक अर्वको लागतमा  बिहिबार बिधिवत उद्घाटन भएको छ । दश दिनसम्म चल्ने एक्सपोको बिहिबार प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन् ।

  ‘धरान एक्सपो–२०७९’ आज औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पुर्व प्रदेश सरकारले उद्योग धन्दाको लागि कम बजेट बिनियोजन गरेको आरोप लगाए । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले आर्थिक विकासका लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूलाई आफूले गम्भीर रूपमा हेरेको र आगामी बजेटमा उद्योगी व्यावसायीका मागलाई सम्बोधन हुने गरीको बजेट निर्माण गर्ने बचत वद्धता व्यक्त गरे  । 

 धरान–१६ स्थित रङ्गशालामा शुरु भएको धरान एक्सपोमा एसियाली देशमा १५ सहित जम्मा १२३ वटा स्टल राखिएका छन् । फागुन ११ गते (आज) देखि २० गतेसम्म सञ्चालन हुने उक्त एक्सपोमा १० करोडको कारोबार हुने आयोजकको प्रक्षेपण छ ।  

सुस्ताउँदै गएको  बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ  आयोजना गरिएको एक्सपोमा कृषि तथा औद्योगिक उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्त, तयारी कपडा र घरेलु उत्पादनका सामानहरू राखिएका छन् । 

 एक्सपोमा दैनिक ३० हजार अवलोकनकर्ता आउने अनुमान गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । एक्सपोको   उद्घाटन समारोहमा  उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सांघाही, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलगायतले मन्तव्य राखेका थिए ।