इटहरीः संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री मन्त्री सुदन किरातीले रैथाने खानाको ब्राण्डिङ्ग गनुपर्ने बताएका छन् । 

आइतबार इटहरीमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मन्त्री किरातीले रैथाने खानालाई विर्सिएर नयाँ परिकारमा लाग्दा संस्कार र संस्कृती नै हराउँदै गएको बताए । 

रैथाने स्वाद र स्वामित्व सहितको हाम्रो परिकार कहाँ गयो ? पकाएर दिने चाम्रे कहाँ पुग्यो ?कार्यकर्तालाई उनले प्रश्न गर्दै भने । 

पुलाउमा परिणत भयो हामी त्यहि किनेर खान्छौँ भुटेर दिने भात परिवर्तन भएर फ्राइ राइसमा परिणत भएको साथै  आमाले पकाएर दिने आलुको चाना प्रेन्च फ्राइमा परिणत भएको भन्दै मन्त्री किरातीले परिमार्जित समाजमा हामीले हेला गरेका परिकारको ब्राण्डिङ्ग गर्न सके संस्कृतीको संर्बधन हुन सक्ने बताए । 

गाउँमा ढिँडो खानेलाई हेला गरिने भएपनि अहिले थकालीले ढिँडोलाई ब्राण्डिङ्ग गर्न सक्षम भएको बताउँदै रैथाने खानालाई ब्राण्डिङ्ग गर्न सके होटलले पनि काम पाउने र पर्यटनले पनि उचाई लिने मन्त्री किरातीको भनाई थियो ।