सर्लाहीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन ।
फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आइतबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।’
उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए । जनताको प्रगति नै मुलुकको उन्नति हो भन्दै उनले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए । रासस