प्रकाश बन्जारा 

इटहरीः इटहरीको नरबहादुर कर्मचार्य प्राविधिक शिक्षालयले होटल तथा हस्पिटालिटी क्षेत्रका लागि औद्योगिक प्रशिक्षार्थी तालिम मार्फत ४० जना जनशक्ति तयार गरेको छ । 

कोशी प्रदेश सहित ३ प्रदेशका ३३ स्थानीय तहमा सञ्चालित औद्योगिक प्रशिक्षार्थी अप्रेन्टिससीप तालिम अन्र्तरगत  इन्स्योर परियोजनामा हेल्भेटासको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको कार्यक्रममा नरबहादुर कर्मचार्य प्राविधिक शिक्षालयले ४० जना जनशक्ति तयार गरेको हो । 

आफुसँग रहेका ४० जना विद्यार्थी आगामी बैशाख महिनाको १५ गतेसम्ममा होटलमा काम गर्नका लागि तयार हुने शिक्षालयका अध्यक्ष एक चन्द्र(निर्मल)बरालले बताए । 

बिहिबार शिक्षालयले सुनसरी तथा मोरङ्गका विभिन्न होटल व्यावसायी तथा सरोकारवाला बिच औद्योगिक प्रशिक्षार्थीलाई कसरी परिचालन गर्ने भन्ने बिषयमा अन्तरक्रियाको आयोजना गरेको थियो ।  

336502112_585809893272230_1521700603434111942_n

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख कृष्ण पोखरेल तथा हेल्भेटासका कोशी प्रदेश प्रबन्धक सन्जिव राई लगायतको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा सुनसरी जिल्ला होटल तथा पर्यटन व्यावसायी संघ, होटल व्यावसायी संघ इटहरी तथा अन्य होटल तथा पर्यटन क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

२४ महिने कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीले पहिलो साँढे १५ हप्ता शिक्षालयमा औपचारिक शिक्षा लिने र बाँकी ७८ हप्ता होटलमा व्यवहारिक ज्ञान लिने र स्वरोजगार बन्नका साथै होटल तथा पर्यटनका लागि आवश्यक जनशक्ति उत्पादन गर्न हेल्भेटासको प्राविधिक सहयोगमा कोशी प्रदेशमा १० वटा शिक्षालयमा तालिम भइरहेको सामाजिक विकास मन्त्रालयका कृष्ण पोखरेल बताउँछन् । 

परियोजनामा आवद्ध प्रशिक्षार्थीहरुले २७ प्रतिशत आफँै व्यावसायी बन्ने तथा बाँकीले विदेश जाने भन्दा पनि देशमै रोजगारीको अवसर खोज्ने गरेको हेल्भेटासका कोशी प्रदेश संयोजक संजिव राई बताउँछन् । 

336633296_236354105460695_8582559970286411868_n

  “आत्म निर्भरताकोलागि प्राबिधिक शिक्षा “   भन्ने मुलनारा सहित संचालित नरबहादुर बहुप्राबिधिक शिक्षालयले छोटो समयमा राम्रो बिकास गर्न सफल शिक्षालयका अध्यक्ष बरालको भनाई छ । ।अप्रेन्टिसीप कार्यक्रम अन्तरगत  अध्यनरत विद्यार्थी र होटेल ब्याबसायी संघको कोशी प्रदेश महासचिव बासुदेव बराल, इटहरीका सामजिक ब्यक्तित्व तथा होटल बरन्डाका प्रोप्राइटर राजेश श्रेष्ठ, कार्यक्रममा संविधान सभा सदस्य अनिता परियार,  नरबत्रहादुरका ज्वाला तामागं लागायत स्तरीय होटेलका ब्यावसायीको उपस्थिती रहेको थियो । कार्यक्रम शिक्षालयका सेमन्त खनालले संञ्चालन गरेका थिए ।