काममा सक्रियः  धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो। जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ। यसले आत्मसम्मान र खुसी प्रदान गर्छ। हरेक कुरामा रुचि राख्दा सन्तुष्टि र आफ्ना बारेमा राम्रो महसुस गर्न सहगोग गर्छ। यसले समस्या र नकारात्मक सोचबाट दिमागलाई टाढा भगाउँछ। रुचि बढाउने केही तरिका छन्। जस्तैस् घरको सामान्य काममा व्यस्त हुने, बिरामी वा बूढा मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन्।

सकारात्मक सोचः डिप्रेसनमा नकारात्मक सोच हाबी भइरहेको हुन्छ। निराश मानिसहरुले आफ्ना उपलब्धि, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन्। खुसी मानिसहरुले पनि निराश हुने मानिसले झैँ असफलता, निराश, अस्वीकारोक्ति, नकारात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन्। तर, पीडालाई सहर्ष स्वीकारेर सकारात्मक सोच राख्छन्। उनीहरुले यसलाई जीवनको सामान्य अंशका रुपमा लिन्छन्। यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै सामाजिक जीवनमा सुधार ल्याउँछ। पीडाको समयमा खुसीसाथ बाँच्नु एउटा साहसिक छनोट पनि हो।

समस्याको पहिचानः  सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्नु जरुरी छ। बढी उत्तेजित हुनबाट बच्न स–साना उपायको पहिचान गर्नुपर्छ। समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनुपर्छ। जीवनमा किन पीडादायी वा नकारात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ। केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन्। हरेक कुरा अस्वीकार्य, नरमाइलो हुनुको कारण पत्ता लगाउनु जरुरी छ।

खराब स्वभाव रोक्नेः  गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवतः साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन्। यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् ? आफ्ना अघि जस्तासुकै देखिएपछि बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन्। आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनु हँुदैन। यसले अरुलाई हेप्ने अवसर दिन सक्छ। यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन।

भएकोमा सन्तुष्टः  आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नुपर्छ। निराश मानिस निश्चित विषय जस्तैस् विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन्। नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ। सोच परिवर्तन स् खास त खराब स्वभावले निराश बनाउने हो। नकारात्मक सोचलाई सकारात्मक सोचले विस्थापन गर्ने काम हरेक दिन गरिरहनुपर्छ। आफ्नो निराशाका लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने मेरो आफ्नै गल्ती छ भन्ने महसुस गर्नुपर्छ। मैले यस्तो सोच्ने होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ। स–साना रमाइलोमा खुलेर हाँस्नुपर्छ।  नकारात्मक सोचको तलाउमा डुब्नबाट बाँच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ। स्वास्थ्यखबरबाट