इटहरीः आफ्नै पत्नीसँग बारम्बार यौन सम्पर्क राखेको थाहा पाएपछि मोरङ्गको सुनवर्षी नगरपालिका वडा नम्बर १ कटामेलामा एक जना किशोरको हत्या गरिएको छ ।  

सुनवर्षी नगरपालिकामा १ कटामेला टोलमा एक १४ वर्षे बालकको हत्या भएको हो । आफ्नै श्रीमतिले बालसँग अनैतिक सम्बन्ध राखेको घटना देखेका पुरुषले बालकको हत्या गरेको अनुसन्धानले बताएको छ ।

स्थानीय ३१ वर्षे महिलाले परपुरुषसँग पटक–पटक यौन सम्पर्क राखेको घटना थाहापाएपछि उनका श्रीमानले बालकको हत्या गरेका हुन ।   सुनवर्षी १ का ३५ वर्षे विरेन्द्र पासवानले बालकको हत्या गरेका हुन् । हत्यामा संलग्न विरेन्द्र र उनकी पत्नी जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा गएका छन् ।

फागुन ११ गते ७ः३० बजे विशाल माझीको हत्या भएपछि काटामेला टोल स्थित पोखरीको डिलमा खाल्डो खनेर शव गाडेको  अवस्थामा प्रहरीले एक सातापछि फेला पारेको थियो । 

पहिलो पटक विशालले श्रीमतीसँग एकान्तमा शारीरिक सम्पर्क गरेको विरेन्द्रले भेटेपछि श्रीमतिलाई घरमा पुगेर यातना दिएका थिए । आइन्दा त्यस्तो नगर्ने बताएपछि उनीहरुबीच समझदारी बनेको थियो । तर विशालले उनकी श्रीमतिबिच बारम्बार यस्तो सम्पर्क भएको पाएपछि विरेन्द्र हत्या गर्नमा उक्सिएको अनुसन्धानले देखाएको छ । 

विरेन्द्र कल बनाउने मिस्त्रीको रुपमा काम गर्छन त्यसो भएको हुनाले दिनमा प्राय समय उनि घरमा हुदैनथे  कामको सिलसीलामा उनी हप्ता–दश दिनसम्म घरबाहिरै रहने भएकाले विशाल र विरेन्द्रकी श्रीमतिविचको लिला लामो समयसम्म चलिरहेको विरेन्द्रले पत्ता पाए । ‘त्यसै क्रममा पत्नी र विशालबीच शारीरिक सम्पर्क हुने गरेको थियो । 

घरमा नभएको मौका पारी मेरो घरगाउँमा आउने शारीरिक सम्पर्क राख्ने गर्दै आएको कारण विशाललाई मार्ने योजना बनाएको विरेन्द्रले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

विशालको हत्या गर्ने निश्कर्षमा पुगेका विरेन्द्रले चुरोट खान बोलाएर मार्ने योजना बनाएको बताइएको छ ।घटना हुनुभन्दा तीन दिन अगाडि उनले योजना बनाएको खुलेको छ । ११ फागुनमा विरेन्द्र काम सकेर बेलैमा घर फर्किएका थिए त्यस बेला विशाल पनि विरेन्द्रकै घरतिर आउँदै थिए ।  त्यसैबेला विरेन्द्रले विशाललाई  पोखरीतिर बोलाएको र  ज्याकेटभित्र लुकाएको  दाउ ‘धारिलो हतियार’ बाट उनको हत्या भएको पाइएको छ । 

विरेन्द्रले विशालको हत्या गरी तीन दिन अगाडि खनेको खाडलमा शव हालेर पुरेको खुलेको छ । ‘हत्या गरिसकेपछि शवलाई पोखरीको दक्षिण तर्फ गहुँबारीमा ल्याएँ । वेल्चाले हतार– हतार खाल्डो खनेर विशालको शव पुरिदिएँ । उसको मोवाइल पोखरीको पानीमा फ्याँकिदिएँ ,’ अभियोग पत्रमा विरेन्द्रले भनेका छन्  ।प्रहरीले हत्या भएको छ दिनपछि विरेन्द्र दम्पतिलाई फागुन १७ गते पक्राउ गरेको थियो ।

कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका विरेन्द्रलाई मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ भने र पत्नीलाई २ लाख रुपैयाँ धरौटी लिएर पूर्पक्षमा राख्ने आदेश गरेको छ । धरौटी बुझाउन नसकेपछि उनिहरु दुवै अहिले थुनामा छन् ।