प्रकाश बन्जारा 

इटहरीः  नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डमा मार्फत सुचारु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट ठुला नीजि हस्पिटलहरुले सेवा दिन छाडेपछि कमजोर बन्दै गएको पाइएको छ । 

ठुला भनिएका हस्पिटलमा बीमा वापतको रकम भुक्तानीमा ढिलाई भएपछि बिमाको कार्यक्रमबाट बाहिरिएका छन् भने सरकारी र केही साना सामुदायिक स्वास्थ्य संस्थामा मात्रै बीमा चालु हुँदा बिमाबाट सेवा लिने बिरामीको संख्यामा समेत गिरावट आएको पाइएको छ । 

कोशी प्रदेश भरीको कार्यक्रमलाई हेर्दा  स्वास्थ्य बीमा गराएको आधा बिमित ले मात्र स्वास्थ्य सेवा लिएको पाइएको छ भने कोशी प्रदेशकै ठुला भनिएका विराटनगरको नोवेल र बिराट टिचिङ्ग, झापाको बिएण्डसी हस्पिटलले सेवा दिन छाडेपछि सेवा लिनेहरुमा समेत नैराश्याता भई नविकरणमा समेत कमी आएको छ । 

गत बर्ष नविकरण गराएका बिमित मध्ये ७८ प्रतिशतले मात्रै यस बर्ष नविकरण गराएका छन् भने सेवा लिने झनै ४८ प्रतिशत मात्रै छन् । 

 ४९ लाख ६१ हजार ४ सय १२ जनसंख्या रहेको कोशी प्रदेशमा ४० दशवलप ५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३ सय ३३ जनाले स्वास्थ्य बीमा गराएको मध्ये आधा भन्दा कम विमतिले मात्र स्वास्थ्य सेवा लिने गरेका छन् । 

276145912_298595972397126_7914302745827780917_n

सेवा लिने ९ लाख ७० हजार ९३३ जना विमित रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले जनाएको छ ।प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा भएको छ भने कम सोलुखुम्बुमा भएको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डिते जानकारी दिए । झापामा बसैभन्दा बढी ६३।५ प्रतिशत अर्थात् ६ लाख ३३ हजार ६५८ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

यस्तै भोजपुरमा २३।४ प्रतिशत अर्थात् ३६ हजार ८ सय ८७, धनकुटाले ३४ हजार २ सय,इलाममा १ लाख ३८ हजार ५ सय ६, खोटाङमा ५३ हजार ३८५, मोरङमा ४ लाख ५७ हजार ३ सय ९७ जनाले स्वास्थ्य बिमा गराएका छन् । यतै पाँचथरमा २५ हजार ७२५, संखुवासभामा ३५ हजार १६६, सुनसरीमा ४ लाख ६४ हजार ७४१, ताप्लजुेङ्गमा १३ हजार ७६०, तेह्रथुममा १४ हजार १सय २ र उदयपुरमा ४९ हजार ७७३ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बीमा बोर्डको अभिलेखमा देखिन्छ । प्रदेशमा स्वास्थ्य बिमाको नवीकरण दर ७८ प्रतिशत रहेको छ ।

बीमा गरिएको मध्ये अति गरिब बीमितको संख्या २४ हजार २ सय ६०, ज्येष्ठ नागरिक बिमित संख्या १ लाख ९६ हजार ८३८, एचआइभी संक्रमित ३ हजार ४६१, अति अशक्ति अपाङ्गता भएका ४२ हजार ९१७, कुष्ठरोग संक्रमित १ हजार ४२ जना रहेको छन् । बीमा गराएका मध्ये सेवा लिने बिमित ४८ प्रतिशत अर्थात् ७ लाख ७० हजार ९३३ जना रहेका छन् ।

विमितबाट तीन वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार २६७ रुपैयाँ संकलन भएको छ ।प्रदेशमा ७८ वटा सरकारी अस्पताल, ४ वटा सामुदायिक र २३ निजी हस्पिटल गरी १०६ वटा स्वास्थ्य सेवाहरूबाट स्वास्थ्य बीमाबाट बिरामीले सेवा लिँदै आएका छन् । यी स्वास्थ्य संस्थाहरूबाट सेवा दिए बापत तीन वर्ष ९ महिनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार ४ सय ३५ रुपैयाँ भुक्तानी लिएको अभिलेखमा देखिन्छ । २०७२ चैत २५ गतेबाट कैलाली जिल्लाबाट औपचारिक रूपमा नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।