प्रकाश बन्जारा 

इटहरीः पूर्वको लाहुरे बस्ती भनेर चिनिने धरानमा पाँच तारे होटल सहितको स्मार्ट सिटी बन्ने भएको छ । 

धरान उपमहानगरपालिका वडा नम्बर ४ मा दश बिघा क्षेत्रफलमा होटल सहितको स्मार्ट सिटी निर्माण हुन लागेको हो । 

दा इन्भेष्टमेन्टले निर्माण गर्न लागेको होटल सहितको स्मार्ट सिटीमा ३ सय वटा सुविधा सम्पन्न कर्मसियल बिल्डिङ्ग सहित होटल बन्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष देवेन्द्र बजगाईले बताए । 

कम्पनीले अहिले कमर्सियल भवनको लागि बुकिङ्ग खुल्ला गरिसकेको छ भने होटलको निर्माणका लागि जग्गा सम्याउने काम सकिसकेको छ ।  बिभिन्न ६ डिजाइनका घरहरु २ करोड १५ लाख देखि ३ करोड सम्मका बिक्री भइरहेको कम्पनीका अध्यक्ष बजगाई बताउँछन् । 

340254667_1328541844359732_1173247754192941706_n

धरान र भेडेटारमा आउने पर्यटकलाई तान्नको लागि यो मेगा प्रोजेक्ट सफल रहने बजगाईको विश्वास छ । चार वटा रेस्टुरेन्ट, ७ वटा कन्फ्रेन्स तथा सेमिनार हल सहित ११० वटा कोठा रहने पाँच तारे होटलका लागि ४९ प्रतिशत लगानी विदेशबाट भित्रन लागेको हो ।  

होटलमा पौडी पोखरी, क्यासिनो सहित १ वटा प्रिसिडेन्टल स्वीट रुम , ७ वटा एक्जुकुटिभ स्वीट रुम रहने छन् भने कुल लगानी ६४० करोड रहने कम्पनीको अनुमान छ ।  

स्टिल इन्प्राटक्चर सहितको उक्त होटल प्रदेशकै नमुना बन्ने विश्वास गरिएको छ भने कमर्सियल बिल्डिङ्ग सहितको स्मार्ट सिटीले कस्तो बन्ने हो भन्ने कौतुहलता जन्माएको छ ।  कम्पनीले बन्न लागेको स्मार्ट सिटीको थ्रिडी डिजाइन सार्वजनिक गरिसकेको छ ।