इटहरीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुषाल सुनसरी सदरमुकाम इनरुवा आउने भएका छन् । 

चैत्र २८ र २९ गते हुने सचिवालय स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण दिन अध्यक्ष र महासचिव इनरुवा आउन लागेका हुन । 

नेकपा एसका सुनसरी  जिल्ला उपसचिव राजेश भण्डारीका अनुसार नेकपा एकीकृत समाजवादीको २ दिने प्रशिक्षण कार्यक्रम इनरुवाको लक्ष्मी पार्टी प्यालेसमा सञ्चालन हुन लागेको छ । 

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष नेपालले समसामयीक राजनितिका बारेमा बोल्ने बताईको छ भने कार्यक्रममा पार्टी स्कुल बिभाग सचिव अषेश घिमिरे, प्रदेशका स्कुल बिभाव सचिव दिवाकर रेग्मी, पार्टी स्कुल उपप्रमुख केशव प्रसाद तिम्सिना, प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडा, धर्मराज निरौला, घनश्याम भुषालले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।