धरानः विश्वकर्मा कल्याण सेवा समिति धरानको अध्यक्षमा खड्गबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । 

सोमबार धरानमा सम्पन्न ११ औँ अधिवेशनमा भएको निर्वाचनमा जुद्धबहादुर लोहनीलाई १२ मतले पराजित गर्दै विश्वकर्मा निर्वाचित भएका हुन् । 

कुल खसेको ८६ मतमा विश्वकर्माले ४९ मत प्राप्त गरे भने लोहनीले ३७ मत प्राप्त गरेका थिए । यस्तै समितिको महासचिवमा घमानसिंह विश्वकर्मा निर्वाचित भए ।

उनी हिरालाल बराइली र बलिन्द्र बराइलीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कुल ८४ मतमा विश्वकर्माको ३९ मत, हिराललले २६ मत र बलिन्द्रले १९ मत प्राप्त गरेका छन् ।  

338921833_1383536292422612_8822616058743142832_n

समितिको अन्य पदाधिकारीमा भने सर्वसहमत चयन भएका छन् । समितिकोे उपाध्यक्षमा मिरा बराइली, सचिवमा सन्दिप शङ्कर, कोषाध्यक्ष कला साशङ्खर चयन भएका छन् ।

समितिको सदस्यहरुमा छत्र दर्नाल, कृतन रसाइली, कुमार शङ्कर, खड्ग धमला, ललनकुमार विश्वकर्मा र मानबहादुर विश्वकर्मा चयन भएका छन् ।