इटहरीः  धरानका मेयर हर्कराज राई (साम्पाङ)ले राष्ट्रपति रामचन्द्र पौडेल र प्रद्यानमन्त्री पुष्पकमल दाहाललाई छुट्टा छुटै पत्र काट्दै  श्रमदान अभियानको स्थलगत अवलोकन तथा सहभागीताको लागी निमन्त्रणा गरेका छन् ।

340612089_718087093335162_4989025163957114776_n

मेयर साम्पाङले मंगलबार राष्ट्रपति कार्यालय सितलनिवासमा निमन्त्रणा पत्र पठाएका हुन् । उक्त पत्र मेयर साम्पाङले मंगलबार राती करिब ९ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । मेयर साम्पाङले धरानले दशकौंदेखि खानेपानी समस्या भोग्दै आएको र हाल समाधान गर्न श्रमदान अभियान चलिरहेकोले अवलोकन र सहभागीताको लागी आमन्त्रण गरेको बताएका छन् । 

हालै धरानको खानेपानी समस्या हल गर्न कोकाहा खोलाको पानी ल्याउन वृहत कन्सर्ट गरेका उनले श्रमदान अभियान समेत चलाइरहेका छन् ।