इटहरीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश १ को नाम कोशी राख्नु उपयुक्त भएको तर कसैको भड्काउमा लागेर जातिय द्धन्द्ध भड्काउनु उचित नभएको बताएका छन । 

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सुनसरीको प्रशिक्षण कार्यक्रममा सुनसरीको इटहरी आएका पूर्व प्रद्यानमन्त्री नेपालले इटहरीको चिया चौतारीमा बुधबार सन्चारकर्मीसँग बोल्दै उक्त कुरा बताएका हुन । संचारमर्कीहरुसंगको अन्तरक्रिया कार्यक्रम नेकपा (एकीकृत समाजवादी ) मोर्चा संठन कोशीको आयोजना र समाजवादी प्रेस संगठन नेपाल सुनसरीको संयोजनमा भएको थियो । 

प्रदेश नामांकरणको मुद्धामा आफ्नो कुरा पार्टी सचिव समेत रहेका नेता राजेन्द्र कुमार राईसँग भइसकेको बताउँदै नेपालले कोशी प्रदेशमै सबैलाई सम्झाई बुझाई गरेर अगाडि बढ्नुपर्ने भनाई राखे । 

सबैको साझा पहिचानको कुरालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताउँदै अध्यक्ष नेपालले देशमा अन्य प्रदेशको समेत पहिचान झल्कनेगरी भएको बताउँदै कोशी प्रदेशको नामाकरुण राम्रै भएको बताए । 

’यहाँका सभासदहरुले कोशी प्रदेश नामाकरण गर्नुभएको छ । राम्रै भएको छ ।सगरमाथा राख्नु उपयुक्त हुन्थ्यो, यहाँका जनताको सभासदको कुरा हो उहाँहरुले कोशी नै उपयुक्त हुन्छ भनेर  राख्नुभयो अध्यधिक मतले पास पनि भयो जसले राम्रै सन्देश दिएको छ । ‘पूर्व प्रद्यानमन्त्री नेपालले भने । 

ह्ैन भने यो देश जातिय द्धन्द्धमा भड्काउने कोशिस भइरहेको छ ,  नेपालमा अस्थिरता खोजिरहेका शक्तिहरुको जालमा हामी फस्न हुदैन भन्दै अध्यक्ष नेपालले सबै जात जाति धर्म तथा सम्प्रदायको संस्कारको सम्मान गर्नुपर्ने बताए । 

हिन्दु, मुस्लिम, नेवार, बाहुन क्षेत्री सबै विविधतामा एकता भएको देश नेपाल भएकाले कुनै जातिको नाममा समुदाय भड्काउने का मगर्न नहुने नेता नेपालको भनाई थियो ।