इटहरीः पूर्व प्रद्यानमन्त्री माधव कुमार नेपालले देशको अर्थतन्त्र राम्रो नभएको बताएका छन्  ।  

कोरोना महामारीपछि विश्वमै अर्थतन्त्र कम भएको अवस्थामा नेपालपनि  त्यसबाट अछुतो नभएको उनले बताएका हुन । 

इटहरीमा बुधबार समाजवादी प्रेस संगठन नेपाल शाखा सुनसरीको संयोजनमा भएको पत्रकारसँगको अन्तरक्रियामा संचारकर्मीको प्रश्नको जिज्ञासालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेता नेपालले देशमा जनताको क्रयशत्तिः कम भएको र बजारमा व्यापार कम भएको समेत बताए । उनले आफुले अर्थविदहरुसँग छलफल गरी बजारमा रहेका समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने योजनामै लागि परेको बताए । 

नेता नेपालले आफ्नो पार्टीले पाएको मन्त्रालयले कसरी विश्वसनिय हिसावले कामगर्न सक्छ भनेर समेत आफुले ३ घण्टासम्म छलफल गरेको र गहन छलफल गरेर लिखित सुझाव पेश गर्न आग्रह समेत गरेको बताएका छन् । बैँक तथा वित्तीय क्षेत्रमा आएको व्याजदरको समस्या हल गर्नका लागि विज्ञहरुको टोली नै बनाएर समाधानका लागि राय दिन नै पार्टीले निर्देशन दिइएको उनले बताए ।