इटहरीः कोशी प्रदेश मन्त्री परिषदको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७९ स्वीकृत गरेको छ ।
प्रदेशको वित्तीय उत्तरदायित्व सम्बन्धि अघिल्लो नियामावली खारेज समेत गरेको छ । २०७५ मा बनेको उक्त नियमावली खारेज गर्दै सरकारले नयाँ नियामावली पारित गरेको हो ।
यस्तै मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय समेत गरेको छ । यस्तै कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्यसको सतर्कताका लागि आवश्यक पहल कमदी चाल्न समेत प्रदेश स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ ।