इटहरीः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नयाँ बर्ष २०८० को अवसरमा देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गरेका छन् ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइ लामो समयदेखिको राजनीतिक सङ्क्रमण समाप्त भएको र दुईवटा आम निर्वाचन सम्पन्न भएर मुलुक सङ्घीयता कार्यन्वयनको दिशामा अघि बताउँदै मुख्यमन्त्री द्धारा जारी गरिएको शुभकामना सन्देशमा विभिन्न आन्दोलनमार्फत प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै देशमा आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी र दायित्व भएको बताइएको छ ।
वर्ष २०७९ निर्वाचन मार्फत तीन तहकै नयाँ सरकार गठन गरी सङ्घीयताको कार्यान्वयन पक्षलाई थप मजबुत बनाउन एंव नामकरण मार्फत प्रदेश संरचनाको संस्थागत विकासका लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको मुख्यमन्त्री कार्कीको टिप्पणी छ ।
‘ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो आम निर्वाचनमार्फत भर्खरै गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम प्रदेशवासीको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि हासिल गर्न दृढ सङ्कल्पित रहेको विश्वास दिलाउन चाहन्छु । ’शुभकामना सन्देशमा भनिएको छ ।
नयाँवर्ष २०८० कोशी प्रदेशको विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अङ्कित हुने विश्वास गर्दै मुख्यमन्त्री कार्कीले यसका लागि सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग र योगदान पु¥याउँदै विकास निर्माण र समृद्धि प्राप्तिको यस महाअभियानमा सहभागी हुन म हार्दिक अपील गरेका छन् ।