इटहरीः  नियम विपरित स्तरवृिद्धगरेका धरान उपमहानगरका कर्मचारीको बढुवा रद्ध भएको छ । 

कोशी प्रदेशको लोक सेवा आयोगको कार्यालयले नियम बमोजिम हुनुपर्ने स्तरवृद्धि त्यसो नभएको भन्दै बढुवा रद्ध गर्ने निर्णय गरेको हो । धरान उपमहानगरपालिकाले २०७७ फागुन २१ गतेको नगरसभाबाट ३९ जना कर्मचारीको स्तरवृद्धि गरेको थियो । उक्त स्तरवृद्धि नियमसम्मत नभएको लोकसेवाको ठहर छ । 

कर्मचारीको स्तरवृद्धि नियमसम्मत नभएकाले रद्द गरेको आयोगले जनाएको छ। २०७७ फागुन २१ गतेको नगरसभाबाट स्तरवृद्धि भएका कर्मचारीहरूले सोही अनुसार तलब–भत्ता खाँदै आएका थिए।

कोसी प्रदेश लोकसेवा आयोग विराटनगरका अनुसार नगर सभाको निर्णयबाट गरेको स्तरवृद्धि नीतिसम्मत नदेखिएकाले रद्द गर्न पत्राचार गरिएको छ ।

WHY PATHIBHARA for online