इटहरीः जिल्ला प्रसाशन कार्यालय सुनसरीले अब दैनिक एक सयसम्म राहदानी बनाउने सेवाग्राहीलाई एकैदिनमा सेवा दिन सक्ने बताएको छ । 

विगत १८ महिनादेखि राहदानी बनाउने सेवाग्राहीलाई मिति र समय तोकिरहेको जिल्ला प्रशासन कार्यलयले अब दैनिक एक सय जनालाई भने मिति र समय नतोकिनै सेवा दिन सक्ने बताएको हो । 

चैत्र महिनाको अन्तिम दिन जिल्ला प्रशासनले दिएको जानकारी अनुसार अब राहदानीको लागि सेवा सम्पर्कमा आएका सेवाग्राही कोही पनि बाँकी छैनन् । 

पालो र लाइन कुरेर सेवालिने सबैलाई धन्यवाद दिँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवा चुस्त र दुरुस्त दिन आफुहरु कटिवद्ध रहेको बताएको छ ।

Admission Open NNew