बिर्तामोडः नेकपा एकीकृत समाजबादी पार्टीको भातृ संगठन नेपाल दलित मुक्ति संगठनको झापा जिल्ला अधिबेशनले उदय बराइलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । 

बिहीबार बिर्तामोडमा सम्पन्न भएको नवौं जिल्ला अधिबेशनले मेचीनगरका बराइलीको जिल्ला अध्यक्ष रहेको जिल्ला कमिटी गठन गरेको हो । संगठनका अध्यक्ष जंघ रसाइलीको अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता संगठनका प्रदेश इन्चार्ज श्याम ल्वागुनको रहेको थियो । 

Admission Open NNew

बराइलीको नेतृत्वमा गठित जिल्ला कमिटीको उपाध्यक्षमा गनबहादुर लामगादे, सचिबमा बिनोद गदाइली, सह सचिबमा शंकर परियार, कोषाध्यक्ष राधिका लोहार र सदस्यहरुमा एखबहादुर बिक, दिनेशकुमार बिश्वकर्मा, भीम बराइली, मीना सार्की, धनकुमारी बिश्वकर्मा, डम्बर बिश्वकर्मा, कृष्ण लोहार, खगेन्द्र बिश्वकर्मा, भगवान दर्जी, प्रकाश बिक, झेनुका दर्जी, गोपाल देवापाने, मनकुमारी बिश्वकर्मा, तुलसा खाती रहेको संगठनका प्रदेश सचिब तथा नेकपा एकीकृत समाजबादी झापाका सचिवालय सदस्य पर्शुराम शंकरले जानकारी दिए । 

341298319_273054985052227_4478530348192201372_n

सो अधिबेशनले तीन सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ । तीलक लोहार, लालबहादुर कालिकोटे, सन्तोष लामगादे सल्लाहकारमा चयन भएका छन् । 

अधिबेशनलाई प्रमुख अतिथि श्याम लुहागुन, पार्टीका केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, संगठनका अनुशासन समितिका अध्यक्ष तारा रुचाल, मोरंग जिल्ला अध्यक्ष तीलक परियार र कोशी प्रदेश सचिब पर्शुराम शंकरले मन्तब्य राखेका थिए । 

नव निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि ल्वागुनले सपथग्रहण गराउनु भएको पार्टीका जिल्ला प्रचार बिभाग प्रमुख तथा सचिवालय सदस्य तीर्थ सिग्देलले जाकारी दिए । सोहीक्रममा पार्टीको तर्फबाट नव वर्ष २०८० सालको शुखद् अवसरमा शुभकामना कार्यक्रमको पनि आयोजना गरिएको थियो ।