इटहरीः इटहरी उपमहानगरपालिकाले बैशाख ३ गते आइतबार सिरुवा पर्वको अवसरमा उपमहानगरभरी स्थानीय विदा दिएको छ । 

थारु जातिको संस्कार र संस्कृतिको को पर्व सिरुवा मेलाको अवसरमा बर्षको पहिलो महिना बैशाख भरी ग्रामथानहरुमा विशेष पुजा आर्जना हुने गर्दछन् । 

siruwa bida itahari 1

सिरुवा पर्व हषोल्लासका साथ मनाउन भन्दै उपमहानगरले यस बर्षको सिरुवा पर्वको अवसरमा बैशाख ३ गते स्थानीय विदा दिने निर्णय गरेको नगरप्रमुख हेमकर्ण पौडेलले बताएका छन् । 

बर्ष भरी नै परिवारमा कुनै किसिमको संकट नहोस, सुख शान्ति र समृद्धीको कामना गर्दै प्राकृतिक रुपमा कुनै पनि विपत्ती नहोस भन्ने कामना नगरप्रमुखको छ ।

Admission Open NNew