पाँचथरः  विश्वकै सात वटा राष्ट्रमा मात्रै पाइने चौँरीको संरक्षण र प्रवद्र्धनका लागि पाँचथरको फालेलुङ गाउँपालिकामा छैटौँ चौँरी महोत्सव भएको छ ।

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतको सिमाना फालेलुङ गाउँपालिका वडा नम्बर ४ चाररातेमा भएको महोत्सवमा ५ सय चौँरी तथा याकको प्रजातिहरूको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शनी, चौँरीबाट उत्पादित वस्तुहरूको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी भएको छ ।


महोत्सवमा फालेलुङ क्षेत्रमा पाइने जडीबुटीहरू , स्थानीय संस्कार संस्कृति झल्कने परिकारहरू, भेडाको उनबाट निर्मित सामाग्रीहरूको बिक्री, गोठस्टेको अनुभव , उत्कृष्ट चौँरी पालक कृषक सम्मान, साहसिक पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम,माउण्टेन बाइकिङ लगायत कार्यक्रहरुको आकर्षण थियो।

photo-2-2-1536x727

महोत्सव फालेलुङ गाउँपालिकाको मुख्य आयोजनामा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्धन संस्था, दिपज्योती युवा क्लब र कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्थाले सह–आयोजना गरेका हुन् । सोही अवसरमा शहरी विकास मन्त्री सिता गुरुङले २० किलोमिटर माउण्टेन बाइकिङ रोडको शिलान्यास गरेका छन ।

नेपाल– भारत सीमा क्षेत्रमा पर्ने चारराते प्रचुर सम्भावनायुक्त प्रसिद्ध पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा वर्षको ४ महिना हिउँले ढाक्ने गर्दछ । यस ठाउँमा २८ प्रजातीका गुराँसहरू पाइन्छन् । दर्जनभन्दा बढी विभिन्न प्रकारका जडीबुटी पाइने यस ठाउँको विशेषता हो । महोत्सवमा नेपाल, भारत तथा भुटानका पर्यटकहरू आएका छन् । महोत्सव २०७४ साल देखी हरेक वर्ष हुँदै आएको छ । २०७७ सालमा कोभिडका कारण रोकिएको थियो ।रासस

WHY PATHIBHARA for online