फिक्कलः  इलामको फिक्कलमा चौथोे ‘सूर्योदय सडक महोत्सव’ शुरु भएको छ । 

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नयाँ बर्ष २०८० को अवसरमा आयोजना गरीएको सडक महोत्सव आईतबारबाट शुरु भएको हो ।

 सूर्योदय होटल व्यवसायी संघ , आयाम युनाइटेड क्लब फिक्कल र सूर्योदय जेसीजको संयुक्त आयोजनामा संचालित महोत्सव दुई दिन सम्म चल्ने छ ।

महोत्सवमा उद्घाटन कोशी प्रदेश सभा सदस्य खगेश्वरी पौडेल अधिकारीले गरिन । उनले महोत्सव उद्घाटन गर्दै स्थानीय क्षेत्रको पर्यटन प्रर्वधन गर्न सबै लाग्नु पर्ने बताइन । महोत्सव आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख चित्रकाला बराईली, होटल एसोसीएस कोशी प्रदेश सह कोषध्यक्ष राजन प्रधान वडा नं ९ का वडाध्यक्ष देवेन्द्र आचार्य ,१० नं  का वडाध्यक्ष पेमा उगेन लामा ,सूर्योदय होटल ब्यवसायी संघका सचिव युवराज प्रधान लगायतले मन्तब्य राखेका थिए ।

sadak-festival-4

सडक महोत्सवमा स्थानीय खानाका परिकार र इलामका कृषि उपज सहितका ४० वटा स्टल रहेका छन् । महोत्सवमा धनकुटामा उत्पादन गरीएका काठका सामग्री र ढाकाका कपडा बिशेष रुपमा राखीएको छ भने फुलका स्टल समेत महोत्सवमा राखिएको छ । महोत्सव सम्पन्न गर्दा ४० लाख खर्च हुँने आयोजकले जानकारी दिएको छ ।

आयोजक मुल समारोह समितिका अध्यक्ष अभिषेक श्रेष्ठले चौथो सूर्योदय सडक महोत्सवले सूर्योदयको मात्र नभई इलामको पर्यटन प्रर्वधन गर्न सकिने बताए । एक लाख बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सव, सूर्योदय नगरपालिका नवप्रवर्तन साझेदारी कोष , कन्याम प्यारा ग्लाईडिङ , सूर्योदय एड्भेन्चर लगायतले सहयोग गरेका छन ।

आयोजक समितिका सचिव अभिषेक प्रताप पौडेलका अनुसार महोत्सव शुरु हुनु अघि कन्यामबाट फिक्कल सम्म महोत्सवको प्रचार गर्न युवाले मोटरसाईकल र साईकल र्याली गरेका थिए । कार्यक्रममा कलाकारहरु अस्मिता अधिकारी , सविन राई , समिक्षा दाहाल , लिर्जड ब्याण्ड लगायतको सांगीतिक प्रस्तुती रहने छ ।

Admission Open NNew