काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले समाजवादी गाडी चढेर र विमानबाट उडेर नआउने बताएका छन् । आईतबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आयोजित कार्यक्रममा हिन्दू विश्वविद्यालय स्थापनाको सम्बन्धि अवधारणा पत्र बुझ्दै मन्त्री किराँतीले सिङगो समाजको ध्यान समाजवादमा नगएको टिप्पणी गरे । 

Admission Open NNew

उनले भने ‘ मन्त्रालयले अवधारणा पत्रको विस्तृत रुपमा अध्यान गर्नेछौं । हामीले राज्य व्यवस्था समाजवाद उन्मुख छ भनेका छौं । तर समाजवाद गाडी चडेर आउँदैन् रैछ । प्लेन चडेर आकाशबाट खस्दैन रैछ । हामीले सिर्जना गर्नुपर्ने रैछ । ’

उनले पशुपतिनाथका नामबाट शिक्षा, स्वास्थ्य, समाज सेवा जस्ता जनसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रमा समेत क्रियाशील रहन हिन्दू विश्वविद्यालयको परिकल्पना गरिएको बताए । 

हिन्दू विश्वविद्यालय सम्बन्धि परिकल्पनालाई मूर्तरूप दिन नेपालमा सनातनदेखि प्रचलित विभिन्न जात–जातिका धर्म, संस्कृति, लोकमान्यता, तन्त्र–मन्त्र र वेद– वेदाङ्गका विविध पक्षमा खोज, अध्ययन तथा अनुसन्धानको कार्यलाई मान्यताप्राप्त उच्चस्तरीय शैक्षिक संस्थाबाट सञ्चालन गर्न गराउन आवश्यकता भएको हुँदा प्रस्तावित विश्वविद्यालय स्थापनार्थ सम्भाव्यताको अध्ययन गर्न आवश्यक भएको उल्लेख गरिएको छ । नेपाल न्यूज बैंक