काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ संविधान आए पनि संस्कृतिमा पुरानो जरा कायम रहेको टिप्पणी गरेका छन् ।
सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३९ औ प्राज्ञ सभा समुद्घाटन कार्यक्रममा मन्त्री किरातीले राजनीति व्यवस्था फेरियो, संविधान नयाँ आयो तर संस्कृतिले पुरानै जरा कायम गरेको बताए।
उनले भने, ‘अहिले हामी यस्तो परिस्थितिमा छाँै । राजनितिक व्यवस्था फेरिएको छ । संविधान नयाँ आएको छ । हाम्रो संस्कृतिमा पुरानो जरा कायम छ । नयाँ संस्कृती जन्मन प्रसव पिडा समाजले खेपिरहेको छ । त्यो सँघारमा हामी छौ । आज हामी युगीन परिस्थितिमा छौँ । हामी व्यक्तिको परीक्षामा छैनौँ । हामी युग र व्यवस्था फेल हुने परिस्थितिमा छौँ ।’
उनले आफु आम व्यक्तिको संरक्षक भएको नाताले युगिन परीक्षामा रहेको बताए ।
पशुपति क्षेत्र विकास कोषमा परीक्षण गर्दा मालामा , दाउरामा , लाशमा भ्रष्ट्राचार र ठेक्कामा कमिसन, दोहोरो संस्थामा सुविधा, पशुपति विकास कोष भित्र सुविधा मात्र नभइ दादागीरि हुने गरेको पाएको उनको भनाई छ ।
भुकम्प पछि कोरोना र त्यसले निम्ताएको समस्याले व्यवसायहरु चौपट भई बैंकको महङ्गो ब्याजसँगै सबै व्यवसाय अप्ठेरोमा परेको बताए ।
उनले भने , ‘अहिले गाउँमा आमा समुह बटुल्ने ऋण दिने , ऋण लिएर मोवाईल किन्ने उत्पादन छैन । ऋण तिर्न नसक्दा आत्महत्या दर वढेको छ ।’त्यस्तै सहरमा बैकको व्याज तिर्न नसक्दा व्यवसायहरु छटपटाएको उल्लेख गरेका छन ्।