काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले समयको गतिअनुसार आफुहरु चल्न नसकेको बताएका छन् । 

पाल्पा महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले समयको गति रकेट जस्तो भएपनि हाम्रो गति विग्रिदै चल्दै जनकपुरको रेल जस्तो भएको बताए । 

उनले भने, प्रकृति र संस्कृति देखाएर हामी विकसित हुनैँ पर्छ । समय सुहाउँदो कानून चाहिन्छ । समयको गति रकेटको छ, हाम्रो गति विग्रिदै चल्दै जनकपुरको रेल जस्तो भएको छ । 

मन्त्री किराँतीले रैथाने स्वाद र संस्कृतिसहितको पर्यटन व्यवस्था गर्नुपर्ने भन्दै नेपालीले अरु दुनियाँको फोटोकपी गर्नु आवश्यक नभएको बताए । 

Photo (1) (2)

देशमा आर्थिक संकट छाएको समयमा रैथाने उत्पादन ढाका टोपी र नेपालीपनको संस्कृति र प्रकृतिको सम्पदालाई समायोजन गरेर देश विकासमा सहयोग पु¥याउन सक्ने पनि उनको भनाइ छ । 

उनले देश र जनताको हितलाईभन्दा व्यक्ति र समूहको हितलाई केन्द्र राख्ने हो भने देश र जनताको भविष्य नहुने पनि प्रष्ट पारे ।