जनकपुरधामः जनकपुरधाम उप–महानगरपालिका प्रमुख मनोजकुमार साहले विरोधकाबीच भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापनाका लागि शनिबार(आज) सिलान्यास गरेका छन् ।  

जनकपुरधामको प्रवेद्ववार मानिने भानुचोकमा राखिएको शालिक तोडफोडपछि पुननिर्माण गरिएको थियो । विभिन्न मधेस केन्द्रित राजनीतिक दलको विरोधकाबीच प्रमुख साहले सोही शालिक शनिवरा सिलान्यास गरेका हुन् । भानुचोकमा भानुभक्तको शालिक स्थापना गर्ने उप–महानगरपालिकाको निर्णयप्रति जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी लगायतका मधेश केन्द्रीत दलका भातृ सँगठनहरुले विरोध जनाएका छन् ।

मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको भानुभक्तको शालिक तोडफोड भएको थियो । २०६२/०६३ को मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको भानुभक्तको शालिक तोडफोड गरि उक्त चोकलाई मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको नामबाट विभिन्न पार्टी कार्यकर्ताले आ–आफ्ना स्वार्थ अनुकूल रमेश चोक घोषणा गरेका थिए । तर, उनको नाममा  चोक नामाकरण गर्ने आधिकारिक घोषणा भने भएको छैन् ।

नेपाली काँग्रेस र हिन्दु परिषद्ले भानुचोकमा भानुभक्तकै शालिक निर्माण गरिए जनकपुरको मानसम्मान र पौराणिक दृश्यांकन हुने तर्क गरेको छन् । त्यस्तै, जसपा, लोसपा, जनमत पार्टीले  रमेश महतोको शालिक निर्माण हुनुपर्ने अडान लिएपछि भानुचोकमा शनिबार बिहानै तनाव उत्पन्न भएको हो । 

सिलान्यास पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपमहानगर प्रमुख साहले बोर्डको बैठकबाट निर्णय भएअनुसार भानुभक्तको शालिक निमाणर््ा गर्न लागेको बताएका छन् । उनले  दुई दिनभित्र सर्वदलीय बैठक बसेर विषयमा असन्तुष्ट पक्षसँग वार्ता गर्ने प्रतिक्रिया दिए ।