इटहरीः  इटहरीका मेयर हेमकर्ण पौडेल नेतृत्व टोली एक साताका लागि दक्षिण कोरिया जाने भएको छ । मेयर पौडेल, उपमेयर संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, पूर्वाधार विज्ञ अर्जुन दाहाल र वातावरण इन्जिनियर युगदिप लुईटेल दक्षिण कोरिया जान लागेका हुन् । दक्षिण कोरिया जानका लागि मेयर नेतृत्व टोली काठमाडौं गएको छ। टोली यही वैशाख ३० गते दक्षिण कोरिया प्रस्थान गर्ने छ । 

दक्षिण कोरियामा रहँदा मेयर पौडेल नेतृत्व टोलीले संघीय तथा स्थानीय सरकारको तर्फबाट कुनै खर्च नगर्ने स्पस्ट पारेको छ। सम्पूर्ण खर्च आयोजकले बेर्होने जनाइएको छ। टोली अब्र्रान रिसाइलेन्स एण्ड मेकिङ् सिट्जि रिसिएन्ट तालिममा सहभागी हुनका लागि गएको हो ।