काठमाडौंः नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आईतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण विरुद्ध ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।
नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांँग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेका थियो ।