काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम बोग्लेले नेपालबाट उब्जेको नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न दिनु नहुने बताएका छन् । 

आईतबार काठमाडौंमा आयेजित नक्कली भुटानी शरणार्थी प्रकरण विषयक कार्यक्रममा बोल्दै उनले यो काण्डमा संसार भर छरिएर रहेका नेपालीहरुको पनि प्रतिष्ठाको विषय बनेको बताए । उनले आफुले यो केसबारे उठान गर्दा ट्वीटरमा राष्ट्रसंघका महासचिवलाई पनि ट्याग गरेको चर्चा गर्दै आफुलाई यो प्रकरण अन्तर्रांष्ट्रियकरण गराएको आरोप पनि लागेको गुनासो गरे । 

उनले भने ‘ नक्कली भूटानी शरणार्थी प्रकरणालाई विश्व समुदायले चासोका साथ हेरेको छ , विदेशका धेरै मुलुकमा बसेका नेपालीको प्रतिष्ठासग पनि जोडिएको छ, त्यसैले पनि यो केसलाई सामसुम पार्न दिनु हुँदैन ’

सांसद वाग्लेले भ्रष्टाचारमा संलग्न भएका भनिएकाहरुले पनि प्रमाण देखाउन चुनौती दिदै हिड्नुलाई गम्भीरताका साथ लिनु पर्ने बताए । खुल्लखखुल्ला चुनौती दिनसक्ने आटँ आंशकित व्यक्तिहरुको कहाँबाट आयो त्यसतर्फ ध्यान दिनु जरुरी भएको पनि उनको भनाइ थियो ।